काठमाडौं– सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना आगामी कात्तिक मसान्तसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।
यस अन्तर्गत पहिलो पटक सानिमा सजिलो इबैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम २०० रुपैयाँ, बिजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म क्यासब्याकको व्यवस्था छ ।
मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकताको आधारमा क्यासब्याक प्रदान गरिने बताइएको छ ।
बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।









