असोज– काठमाडौंमा स्टार्टअप एन्ड आइडिया फेस्ट सुरू भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा दुईदिने फेस्ट सुरू भएको हो ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले देशैभरका स्टार्टअप तथा इन्नोभेसनलाई प्रवर्द्धधन र प्रोत्साहन गर्न फेस्ट आयोजना गरेको बताए ।

फेस्ट बिहान ११ बजेदेखि ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने बताइएको छ । कार्यक्रममा बिहानैदेखि स्कुल, कलेजका विद्यार्थीसँगै स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्ने युवाहरूको उत्साहजनक सहभागीता रहेको बताइएको छ ।

आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आइडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आइडिया पिचिङ, एस्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको बताइएको छ ।

यस बाहेक कार्यक्रममा स्याटेलाइट वर्कसप, एस्ट्रोनिमो वर्कसप, एभिसयन वर्कसप र रकेट साइन्स वर्कसप समेत सञ्चालन भइरहेको छ ।

फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनीमा राखेका छन् ।

कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरु प्रर्दशनीमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय