काठमाडौं– विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई काठमाडौंमा अपरिचित व्यक्तिहरुको समूहले मोसो दलेको छ ।
जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईमाथि अपरिचित समूहले मोसो दलेको हो । प्रसाईले होटलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा उनीमाथि कालो दलिएको हो । प्रसाईलाई उद्धार गरी प्रहरी वृत्त दरबारमार्गमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रसाईले बैंक ऋणको साँवा ब्याज नतिर्ने अभियानको अगुवाइ गर्दै आएका छन् । उनीहरुले मारवाडी समुदायमाथि विभिन्न आरोप लगाउँदै आएका छन् ।









