काठमाडौं– फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बिहीवार कम्पनीको रजिस्टर्ड कार्यालय नक्सालमा सम्पन्न भएको छ । उक्त साधारणसभाले संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा विराटनगर–१२, मोरङकी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको कम्पनीको विज्ञप्तिमा उललेख छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन, २०७९/८० को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाहको विवरण, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको बताइएको छ ।
सर्वसाधारणमा सेयर निष्कासन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्र्याउने प्रस्ताव पारित गर्दै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभामा कम्पनीमा विशेष योगदान गर्ने संस्था, व्यक्ति तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
फेडेरल नेपालको पहिलो र एकमात्र पुनर्बीमा दलाल कम्पनी हो ।









