काठमाडौं– नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक दाबी गर्ने फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबार सेटलमेन्ट गरेको छ। असोज ३० गते उक्त परिमाणमा कारोबार भएको कमपनीको भनाइ छ । लगभग सबै बैंकिङ तथा वित्तीय संस्थालाई आफ्नो नेटवर्कमा आबद्ध गराएको छ ।
फोनपेका सीईओ दिवास कुमारले यसलाई ठूलो उपलब्धि भनेका छन् । ‘यो उपलब्धि हाम्रो लागि ठूलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभूति भएको छ। हामीले निरन्तर ग्राहकको आवश्यकलाई प्रमुख प्राथमिक्तामा राख्दै आएका छौं जसअनुरुप भुक्तानीका समाधानहरुलाई अझै बिस्तार गर्ने लक्ष्यतर्फ हामी अगाडि बढेका छौं। हाम्रो उपलब्धिहरूको पछाडि खम्बा भई हामीलाई साथ दिनु हुने बैंक तथा वित्तीय संस्थाहरु र हाम्रो नियामकहरूलाई धन्यवाद दिन चाहन्छु।’
एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी कारोबार सेटल गर्ने क्षमताको माध्यमबाट, कम्पनीले नेपालको डिजिटल भुक्तानी रूपान्तरणमा ठूलो प्रभाव पारेको उनको भनाइ छ।









