काठमाडौं– सर्वोच्च अदालतले हत्याको सजाय भोगिरहेका योगराज ढकाल (रिगल)लाई आममाफी दिने सरकारको निर्णय बदर गरिदिएको छ ।

नेपाली कांग्रेसका कार्यकर्ता ढकालले पहुँचका आधारमा गत असोजमा आममाफी पाएका थिए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको कैद मिनाहा गरिदिएका थिए ।

ढकालले नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी मारेका थिए । मानन्धरकी पत्नी भारतीले रिगलको रिहाइविरुद्ध सर्वोच्चमा रिट दिएकी थिइन् ।

सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय