नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्को भारत नेपाली जनताको साथमा रहेको बताएका छन । विपत्तिको बेला नेपाललाई राहत र उद्धारमा हरसम्भव सहयोग गर्न तयार रहेको पनि उनले प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ भन्दा बढीको मृत्यु भएको छ । ७० जनाभन्दा बढी घाइते भएका छन् ।









