काठमाडौं– भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्प प्रभावित नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको र पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्र रकम सरकारी राहत कोषलाई प्रदान गरिनेछ । गुरुङले नगद सहयोगका अतिरिक्र खाद्यान्न लगायत अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका छन् ।









