काठमाडौं– सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसन र माइक्रोसफ्ट कम्पनीबीच शैक्षिक सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । फाउन्डेसनका अध्यक्ष पंकज जालान र माइक्रोसफ्टका नेपाल, बंगलादेश एवं भुटान हेर्ने निर्देशक योसुप फारुखबीच शैक्षिक सहकार्य गर्ने समझदारी भएको लर्डबुद्धले जानकारी दिएको छ ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनको सभा हलमा नेपाल क्लाउड प्रोफेसनलद्वारा आयोजित डट नेट सम्मेलनपछि माइक्रोसफ्टका निर्देशक फारुख र फाउन्डेसनका अध्यक्ष जालानबीच शैक्षिक सहकार्यको समझदारी बनेको हो ।

फाउन्डेसनले नेपाल क्लाउड प्रोफेसनलसँग समेत सूचना प्रविधिको क्षेत्रमा सहकार्य गरेको छ । सूचना प्रविधिको विकासका लागि शैक्षिक क्षेत्र, दक्ष जनशक्ति उत्पादन लगायतका विषयमा लर्डबुद्धले विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

नेपालको शैक्षिक र आर्थिक विकासमा सूचना प्रविधिको मुख्य भूमिका रहेकाले सम्बन्धित विभिन्न निकायमा सहकार्य गर्दै आएको अध्यक्ष जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीतिलाई फाउन्डेसनले व्यावहारिक कार्यान्वयन गर्दै आएको उनको दाबी छ ।

माइक्रोसफ्टका निर्देशक फारुखले नयाँ नयाँ प्रविधिको विकास कम्पनीको उच्च प्राथमिकतामा सधैं रहने बताए । औद्योगिक र व्यावसायिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्न कम्पनी सदैव तयार रहेको फारुखले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय