काठमाडौं– सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीको खातामा जम्मा हुनेछ ।









