काठमाडौं– चितवनको रत्नगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन माविको छात्रावासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । उक्त रिपोर्टमा उनको निधन ‘झुण्डिएका कारण’ भएको उल्लेख गरिएको प्रहरीले बताएको छ ।

काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा उनको पोस्टमार्टम गरिएको थियो । अस्पतालका चिकित्सकहरुले पोस्टमार्टम रिपोर्ट तयार गरेका छन् ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सले शालिनको संवेदनशील अंगको पनि जाँच गरेको बताइएको छ । तर, शंकास्पद विषय नदेखिएको बताइएको छ । उनको कन्याजाली नच्यातिएको पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन् ।

शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञको टोलीले शालिनको शव परीक्षण गरेको बताइएको छ । उनको शरीरमा चोटपटक पनि नभएको शव परीक्षण रिपोर्टमा उल्लेख भएको प्रहरीको भनाइ छ ।

शिक्षण अस्पतालले जिल्ला प्रहरी कार्यालय, चितवनलाई शव परीक्षणको रिपोर्ट पठाइसकेको छ ।

कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ मा होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

शालिनका परिवारले उनको बलात्कारपछि हत्या भएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय