काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजको सेयर कारोबार स्थगित भएको छ । आज बजार खुलेलगत्तै परिसूचक ४ प्रतिशतले वृद्धि भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ४ प्रतिशतले बजार बढेपछि पहिलोपटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रोपटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि पुनः कारोबार सुरु भएपछि नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।

आजको कारोबारमा नेप्से परिसूचक ११७ दशमलव ७० बिन्दुले उकालो लागेर २०७८ मा पुगेको छ । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज विभिन्न २३७ कम्पनीका ९ लाख ३४ हजार ९१९ कित्ता सेयर ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँमा किनबेच भएको छ । कारोबार भएकामध्ये २३० कम्पनीको सेयर मूल्य उकालो लाग्दा दुई कम्पनीको मात्रै मूल्य घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय