काठमाडौं– सेयर सूचक नेप्सेमा बुधबार सामान्य वृद्धि देखिएको छ । सोमबार कारोबार नै रोक्नुपर्ने गरी बढेको नेप्से मंगलबार उच्च अंकले घटेको थियो । बुधबार सामान्य बढेको छ ।

यस दिन नेप्से ९.३३ बिन्दुले बढेर २०१७.०३ अंकमा पुगेको छ । आज विभिन्न ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ५८ हजार ९४० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्युचुअल फन्डबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । डोल्ती पावर कम्पनी लिमिटेडको सयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८.७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.६७, गुर्खाज फाइनान्सको ८.०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९.७१ र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ को मूल्य ५.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको धितोपत्रको संख्याको आधारमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार ८०७ रुपैयाँ बराबरको ६ लाख ५७ हजार ७३९ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर