काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य

प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार ५०० ले वृद्धि भई प्रतितोला १ लाख २४ हजार ४०० कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ४७० मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

मंगलबार प्रतितोला २५०० रुपैयाँले बढेको सुनको भाउ बुधबार ५०० ले बढेको थियो । बिहीबार १५०० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर