काठमाडौं– गत माघसम्ममा विदेशमा रहेका नेपालीले ८३९ अर्ब रुपैयाँ बराबर रकम स्वदेश पठाएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार पोहोर साउन–माघको तुलनामा यसपालि विप्रेषण आप्रवाह २१.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहको वृद्धिदर २७.१ प्रतिशत थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय