काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेर एक लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्यमा पनि एक हजार रुपैयाँले कमी आई प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ३० ले कघटेर एक हजार चार सय ६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर