काठमाडौं– स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले बढेको छ । यो मूल्यवृद्धिसँगै सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबार प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीवारका लागि १ लाख २७ हजार ८०० रुपैयाँ तोकेको छ ।
यस्तै तेजाबी सुन बुधबार प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा बिहीवार बढेर १ लाख २७ हजार २०० रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ५२० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बिहीवारका लागि १ हजार पाँच ५५५ रुपैयाँ तोकिएको छ ।









