काठमाडौं– बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ३०० ले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २७ हजार ८०० सयले कारोबार भएको थियो । आज १ लाख २६ हजार ५०० मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला १ लाख २७ हजार २०० सयमा कारोबार भएकोमा आज १ लाख २५ हजार १०० मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ५५५ मा कारोबार भएकोमा आज प्रतितोला १ हजार पाँच सय कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर