काठमाडौं– जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर आएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जसअन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइने बताइएको छ ।
ऊर्जा किफायती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
पानासोनिक एसीमा पीएम २.५ फिल्टर रहेको र यसले सानोभन्दा सानो डस्ट पार्टिकल (जस्तै– धुवाँ धुलो) फिल्टर गरेर हावा शुद्ध बनाउने हुँदा उक्त एसी राखेको कोठाको लागि छुटै एयर प्युरिफायर आवश्यक नपर्ने कम्पनीको दाबी छ ।
यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।









