काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्ष सहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छ । आयोगले उनीहरुमाथि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोप लगाएको छ ।
प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा, मिनप्रसाद अर्याल र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको छ ।
यस्तै, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, संदिप अधिकारी, सूर्यप्रसाद लामिछाने, विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल, निराजन कोइरालालाई समेत प्रतिवादी बनाइएको छ ।
विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।









