हेटौंडा– काठमाडौं–हेटौंडा जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी आवागमन बन्द गरिएको छ । सो सडक खण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो ।

हाल उक्त सडक खण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए ।

उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए । यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको सिस्नेरी खण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि यातायात सेवा बन्द गरिएको थियो ।

निर्माण सम्पन्न नहुँदै हेटौंडा–काठमाडौं आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समयसिमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्र नभएसम्मका यातायात आवागमन बन्द गरिएको वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर