काठमाडौं– नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । निगमले विक्री वितरण गर्ने अन्य इन्धनको मूल्य यथावत् छ ।

निगमले आइतवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको छ ।

त्यस्तै डिजेल र मट्टीतेलको मूल्य ३९ पैसा घटेर आएको निगमले जनाएको छ । यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । अहिले एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै मूल्य हेरफेर नगरिएको निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर