काठमाडौं– नेपालका लागि जिडब्लुएमको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा अफर सार्वजनिक गरेको छ ।
यस अन्तर्गत जिडब्लुएमका मोडेलहरु हाभल–एच सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीमा विशेष र आकर्षक अफर राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ओरा ०३ ईभी मा भारी नगद छुट, फ्री एसेसरिज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित ५ लाखसम्मको फाइदा पाउनेछन्, हाभलका एच सिक्स, र जोलायनमा साढे ८ लाख रुपैयाँसम्मको फाइदा सहित नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिज छ ।
पावरमा १० लाख रुपैयाँसम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
ग्राहकले जिडब्लुएमको सोरूममा गई टेस्ट ड्राइभ गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।









