काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्ममा आप्रवाह ९६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष फागुनसम्मको तुलनामा २१.० प्रतिशतले बढी हो । विप्रेषणको वृद्धिदर भने अघिल्लो वर्षको २५.३ प्रतिशतभन्दा कम हो ।

फागुनसम्मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेर ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

गत साउनदेखि फागुनसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय