काठमाडौं– पछिल्ला दुई दिनमा सुनको भाउ ३५०० रुपैयाँ बढेको छ ।
आइतबार शुक्रबारको तुलनामा २९०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला सुनको मूल्य १ लाख ३६ हजार २०० रुपैयाँ तोकेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबारका लागि १ हजार ६८५ रुपैयाँ तोकिएको छ ।









