काठमाडौं– नेपालका लागि भियतनामका राजदूत न्गुइएन थान्ह हाइ, नेपालका भियतनामका लागि अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल–भियतनाम उद्योग वाणिज्य संघका अध्यक्ष दिपककुमार मलहोत्रा र पदाधिकारी सहितको बैठकले नेपालमा भियतनामी पर्यटक आगमन बढाउन सम्बन्धित निकायसँग समन्वय गर्ने सहमति भएको छ ।

संघले नेपालको कृषिक्षेत्रको विकासका लागि समाजवादी गणतन्त्र भियतनामसँग सहकार्य गरी त्यहाँका विशेषज्ञ तथा नयाँ कृषि प्रविधिको सहयोगलाई अझ सहज पार्न आवश्यक पहल गर्दै कृषि उत्पादनमा वृद्धि गरी देशको खाद्य सुरक्षामा सकारात्मक सहयोग पुर्याउनुका साथै सूचना प्रविधिलाई प्रभावकारी बनाउँदै आयात निर्यातलाई अझ सहज बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । यसै सन्दर्भमा मित्रराष्टर् भियतनामक।े पहलमा नेपालमा खाद्य प्रशोधन परियोजना सञ्चालन गर्ने विषयमा पनि छलफल भएको संघले जनाएको छ ।

संघको प्रतिनिधिमण्डल आगामी अगस्टमा भियतनाम भ्रमण गरी त्यहाँका उद्योग वाणिज्य संघका प्रतिनिधि तथा भियतनाम सरकारका प्रतिनिधिसँग छलफल गरी नेपाल–भियतनाम सिधा हवाई सेवा सञ्चालनका साथै अन्तराष्ट्रिय गन्तव्य सहज पार्न भियतनाममा ट्रान्जिट फ्लाइट सुविधाको लागि र नयाँ लगानीको वातावरण सिर्जना गर्न भियतनामका राजदूतले यथाशीघ्र पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय