काठमाडौं– राइटपाथको आयोजनामा यही वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्रान्ड एजुकेसन कन्क्लेभ हुने भएको छ।
काठमाडौंको पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको छ ।

सोही राइटपाथ कन्सल्टेन्सीले वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो।
विगतका वर्षहरुमा पनि राइटपाथले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ।

अहिले काठमाडौंबाट सुरु हुने कन्क्लेभ देशका मुख्य शहरहरुमा पनि हुनेछ। वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८ गते ललितपुरमा गर्ने कार्यक्रम तय भएको राइटपाथले जानकारी दिएको छ।

कन्क्लेभका अवसरमा विभिन्न अफरहरु ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्परको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्ने अफर पनि ल्याएको छ। २० भन्दा धेरै ख्यातिप्राप्त विश्व विद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै ठाउँमा भेट्न सक्नेछन्।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्यतथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ।’

उनले विद्यार्थीहरुलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीहरुका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन्।
त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम रहने पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर