काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने छापावाल सुनको मूल्य तोलाको एक लाख ३७ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएकोमा शुक्रबारका लागि एक लाख ३७ हजार दुई सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यसैगरी, चाँदी तोलामा ५० ले महँगिएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि एक हजार सात सय ३५ रुपैयाँ मूल्य तोकिएको छ ।









