काठमाडौं– सरकारले गरेको घोषणा कार्यान्वयन भए आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा आउने भएको छ । हालसम्म शिक्षकले चौमासिक रुपमा तलब पाइरहेका छन् ।

संसदमा मंगलबार सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने सरकारको योजना सुनाए ।

शिक्षकलाई राजनीतिक दलसँग आवद्ध हुन नदिने कानूनी व्यवस्था कार्यान्वयन गर्ने घोषणा पनि सरकारले नीति तथा कार्यक्रममार्फत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय