काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ भित्रै गाँजाखेतीलाई वैधानिकता दिने गरी कानुन बनाउने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएका हुन् ।

अहिले नेपालमा गाँजाखेती र कारोबारमा प्रतिबन्ध छ । गाँजा खेती र कारोबारलाई वैधानिकता दिए मुलुकले ठूलो आर्थिक लाभ प्राप्त गर्न सक्ने बताइन्छ ।

बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले भने, ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय