काठमाडौं– त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोङफेङ इलेक्ट्रिक भेहिकल्सको सोरुम सुरु गरेको छ ।

त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी मोटोकर्प, चीनको डोङफेङ अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक नियुक्त भएपछि कम्पनीले विद्युतीय गाडी आयात गरी विक्री वितरण सुरु गरेको हो ।

डोङफेङ अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्मातामध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्री वितरण हुँदै आएको बताइएको छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिट क्षमताको डोङफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यान विक्रीवितरण सुरु गरेको छ ।

११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर छ । यसमा रहेको ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । डोङफेङका सबै इलेक्ट्रिक भ्यानमा सीएटीएल ब्याट्री छन् ।

कम्पनीले उक्त रेञ्जहरु ४० किलोमिटर प्रतिघन्टाको गतिमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालन अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेन्ज परीक्षण गर्दा २५० किलोमिटर सजिलै पाइएको विज्ञप्तिमा उल्लेख छ ।

त्रिवेणी मोटोकर्प प्रालिले डोङफेङ इलेक्ट्रिक भ्यान नेपालभर विक्री वितरण गर्न डिलर नेटवर्कको व्यवस्था पनि गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय