भक्तपुर– यसपालिको एसइई परीक्षामा आधाभन्दा कम विद्यार्थी पास भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीवार बिहान सार्वजनिक गरेको गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जनाले परीक्षा दिएका थिए ।
नियमिततर्फ २ लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए । उत्तीर्ण भएकामध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । २२१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय