काठमाडौं– मंगलबार सुनको मूल्य पुनः ऐतिहासिक बिन्दुमा पुगेको छ । पछिल्लो तीन कारोबार दिनमा सुनको मूल्यले निरन्तर अघिल्लो दिनको रेकर्ड ताडेको छ । मंगलबार पनि सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । मंगलबारका लागि महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८७५ रुपैयाँ तोकेको छ । सोमबार चाँदी तोलाको १ हजार ८८५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर