काठमाडौं– सुनको मूल्य आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार २०० रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला १ लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने आज प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८१० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर