काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को सेयर बुधबार बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट गरिएको हो ।

उक्त सेयर ४ हजार ६७२ जनालाई १० कित्ताका दरले पाएको बिक्री प्रबन्धले जनाएको छ । गोलाप्रथाबाट छानिएका ४ हजार ६७२ जना आवेदकलाई १०–१० कित्ताका दरले बाँडफाँट गर्दा बाँकी रहन आएको ९.५४५ कित्ता सेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्दा १ कित्ता) बाँडफाँट गरिएको कुमारी क्यापिटलको भनाइ छ ।

सूर्योदय वोमीले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो । जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर