काठमाडौं– काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा त्यसमा सवार ५ जनाको निधन भएको छ ।
एयर डाइनेस्टीको ९एनएजेडी कलसाइनको उक्त हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख विष्णुकुमार केसीले दुर्घटनाग्रस्त हेलिकप्टरबाट चालकसहित ५ जनाको शव निकालिएको जानकारी दिए ।
स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले हेलिकप्टर १ बजेर १४ मिनेटमा उडेको बताए ।









