काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४.२९ अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २९५७.७५ को विन्दुमा कायम भएको हो ।
आज ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता धितोपत्र २ लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० बराबरको कारोबार भएको छ ।
जीवन बीमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बीमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ ।









