काठमाडौं– नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले नेपालका लागि म्यानमारका राजदूत यु सेन ऊलाई बिदाई गरेको छ ।

नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत ऊलाई गत साता म्यानमारको राजदूतावासस्थित उनकै कार्यकक्षमा भेटेर बिदाई गरेको चेम्बरले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । बिदाईका अवसरमा चेम्बरले मायाको चिनोस्वरुप उनलाई भगवान गौतम बुद्धको प्रतिमा हस्तान्तरण गरेको थियो ।

बिदाइ भेटका अवसरमा चेम्बर अध्यक्ष शिवकुमार अग्रवालले राजदूत ऊले नेपाल र म्यानमारबीचको आर्थिक एवं जनस्तरको सम्बन्ध विस्तारमा खेलेको भूमिका सराहनीय रहेको बताए । दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तारका सन्दर्भमा चेम्बरले चालेका कदमहरुमा राजदूत ऊले गरेको सहयोगको पनि अध्यक्ष अग्रवालले स्मरण गरे ।

राजदूत ऊले नेपालमा आफूले पाएको माया, सद्भाव र सहयोग कहिल्यै नभुल्ने बताउँदै चेम्बरले देखाएको स्नेहप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर