बागमती– वर्षासँगै खसेको पहिराका कारण सोमवार दिउँसोदेखि हेटौंडा–काठमाडौं जोड्ने दुवै छोडा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डमा लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
अर्को छोटो सडक कान्ति लोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८, महादेवटार सडक पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।









