काठमाडौं– अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको छ ।

अमेरिकाबाट नेपाली भाषामा प्रकाशित हुने हिमालयखबर अनलाइन न्युजपोर्टमा प्रकाशित समाचार अनुसार कस्ले, किन हत्या गरेको हो भन्ने खुलेको छ । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । नेपालमा उनको ठेगाना कहाँ हो खुल्न बाँकी छ ।

उनी ह्युस्टनको हिलक्रप्टस्थित अपार्टमेन्टमा बस्दै आएको प्राप्त समाचारमा उल्लेख छ । प्रहरीले अपार्टमेन्टमा छापा मारेर शव अस्पतालको जिम्मा लगाएको छ । ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य सहर हो । यो अमेरिकाकै चौथो ठूलो सहर हो । न्यूयोर्क, लसएन्जलस, सिकागो पछिको बढी जनघनत्व भएको सिटीमा ह्युस्टन पर्छ ।

सोमबार अपराह्न यो हत्या भएकोे अनुमान गरिएको छ । मृतककी नेपालमा रहेकी आमा र परिवारलार्इ खबर गरिसकेको उक्त समाचारमा उल्लेख छ ।

नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीले छोरीसँग चार दिनअघि कुराकानी भएको बताएकी छिन्। मुना आफ्नो एकमात्र सन्तान रहेको पनि उनले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर