काठमाडौं- संकुचित आर्थिक गतिविधिबीच एभरेष्ट बैंकले आकर्षक लाभांश घोषणा गरेको छ ।

उक्त बैंकले गत आर्थिक वर्ष आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो ।

शुक्रबार दिउँसो बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।

विगतमा बैंकहरुले ३५ देखि ४० प्रतिशतसम्म लाभांश दिने गरे पनि अचेल कतिपय बैंक लाभांश दिन सक्ने अवस्थामै नरहेको र दिन सक्ने अवस्थामा रहेका बैंकहरुको लाभांश क्षमता पनि बैंक, वित्तीय संस्थाको ब्याजदरभन्दा कम रहेको अवस्थामा एभरेस्ट बैंकले घोषणा गरेको लाभांश आकर्षक छ ।

धितोपत्रको दोस्रो बजारमा सूचीकृत १९ मध्ये आधाभन्दा धेरै बैंक लाभांश दिन सक्ने अवस्थामा छैनन् ।

नेपाल राष्ट्र बैंकले स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि एभरेस्टका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।
एभरेष्ट बैंक भारतको पञ्जाव नेशनल बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय