काठमाडौं– पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।
काठमाडौं–नौबिसे सडक खण्डअन्तर्गत नागढुंगा सुरुङमार्ग आसपास पहिरो खस्दा यातायात अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनले भने, ‘सडकमा पहिरो खस्दा दुईतर्फी आवतजावत अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम जारी भएकाले सवारी सञ्चालन हुन केही घण्टा लाग्न सक्छ ।’ सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको प्रहरीले जनाएको छ ।









