काठमाडौं– केही समययता निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि पुरानो कीर्तिमान भंग गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ ।
महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँ तोकेको हो । नेपालको इतिहासमा सुनको मूल्य यति माथि पुगेको आजै हो ।
बिहीबार सुनको मूल्य तोलाको १ लाख ५५ हजार ६ सय रुपैयाँ थियो । शुक्रबारका लागि महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ तोकेको छ ।









