काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले मंगलबारदेखि बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डाटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ ।
यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यहरुको जानकारी राखिने महासंघले जानकारी दिएको छ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यहरुको विवरण यस प्रणालीमा रहनेछ ।
यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकताअनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने बताइएको छ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिनेछ, जुन सर्वसाधारणको पहुँचमा रहनेछ ।
यो प्रणालीको उद्घाटन गर्दै हासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए ।
सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको विज्ञप्तिमा उल्लेख छ ।









