काठमाडौं– सुनको मूल्यले आज पनि अघिल्लो रेकर्ड तोडेको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला छापावाल सुनको मूल्य एक लाख ६० हजार ७०० रुपैयाँ तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढी हो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ तोकिएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा स्थानीय बजारका लागि सुनको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर