काठमाडौं– धेरै भारी वर्षाको चेतावनीबीच राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश भूभागमा भारी वर्षाको जोखिम औंल्याएको छ ।
भारी वर्षाका कारण बाढी पहिरो आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउन आग्रह गर्ने निर्णय मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टले गरेको छ ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले सुझाव दिएको छ ।









