काठमाडौं– लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । तोलामा ५०० रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ प्रतितोलाको दरमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि १ लाख ६१ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासंघले शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ तोकेको छ ।









