काठमाडौं– सहकारीको रकम अपचलनमा संलग्न भनिएका सत्तारुढ घटक नेकपा (एमाले)का एकजना नेता भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।

इमेज सहकारी बागलुङ र पोखराबाट सर्वसाधारण बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिनाको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबार दिल्लीमा पक्राउ परेका हुन् । उनी एमालेबाट ढोरपाटन नगरपालिको मेयर निर्वाचित भएका थिए ।

सहकारीको समस्या आएपछि सदस्यहरुको बचत फिर्ता गर्ने सहमति गरेका उनी २०८० जेठ ५ गतेदेखि बेपत्ता थिए । बेपत्ता भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो ।

नेपाल प्रहरीले २०८० माघ १२ गते रेड नोटिस जारी गरेको थियो । कहिले विज्ञप्ति मार्फत र कहिले पत्रमार्फत सहकारीका सदस्यको बचत फिर्ता गर्ने बताइरहेका थिए ।

सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई पनि उनले पत्र पठाएर बचत रकम फिर्ता गर्न तयार रहेको बताइरहेका थिए ।
भारतमा पक्राउ परेका देवकुमारलाई नेपाल ल्याउने पक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर