काठमाडौं– धादिङको झ्याप्ले खोला (नागढुंगानजिक) मा पुरिएका बसबाट १४ वटा शव निकालिएको छ।
शनिबार बिहान गएको पहिरोमा पुरिएका दुईवटा बसबाट १४ वटा शव निकालिएको काठमाडौं प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ र नम्बर नखुलेको अर्को बसबाट ९ वटा शव निकालिएको हो।
पहिरोमा पुरिएका बस जेसिबीको मद्दतले खोजी गरिएको छ। सो स्थानमा अरु गाडीहरु पनि पुरिएका हुन सक्ने बताइएको छ।









