काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११४.७० अंकले बढेको हो । ४.५७ प्रतिशतको वृद्धिपछि परिसूचक २६२३.५६ को अंकमा कायम भएको छ ।
आज ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ ३.८३, विकास बैंक ५.४८, होटल तथा पर्यटन ५.९७ र जलविद्युत् ५.९८ प्रतिशतले बढेको छ । लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन तथा प्रशोधन २.१९, लघुवित्त ३.९८, म्युचुअल फन्ड ३.६६, निर्जीवन बीमा ३.०९, व्यापार ३.९९ र अन्य समूह ४.६७ प्रतिशतले बढेको छ ।
आज १८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको एकाइ मूल्य ३.८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको २८ करोड ८२ लाख ८३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको ६ लाख १२ हजार ४०१ कित्ता किनबेच भएको छ ।









